तीन दिनअघि काठमाडौंको चोभारस्थित पुलबाट नदीमा खसेको कारमा सवार पुरुष मृतावस्थामा फेला परेका छन् । दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बस्दै आएका ४७ वर्षीय राजकुमार खत्रीले चलाएकाे कार तीन दिनअघि दुर्घटनामा परेकाे थियाे ।
गत सोमबार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार बा५च ५६५४ नम्बरको कार चोभारको पुलबाट बाग्मती नदीमा खसेको थियो । कार खसेकाे भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
कार दुर्घटनापछि घाइते अवस्थामा भेटिएकी अम्बिकाको अहिले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनापछि उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याए र थप उपचारका लागि ट्रमा सेन्टरमा पठाएको हाे ।
कार पुलबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनाकाे तीन दिनपछि कारमा सवार राजकुमार मृतावस्थामा फेला परेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।