राष्ट्रपतिको विषयमा समझदारीकाे कोसिस गर्छाैं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा समझदारी बनिदियोस् भन्ने चाहना रहेको बताएका छन्।

बिहीबार सभामुखको निर्वाचनपछि संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले साे कुरा बताएका हुन् । 

राष्ट्रपतिको विषयमा अझै समय बाँकी रहेकाले राष्ट्रपतिको विषयमा सत्ता साझेदार दलबीच कुनै एउटा समझदारी बनाेस् भन्ने चाहेकाे बताए । उनले भने, 'सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतर्फ कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौँ।’ 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार हुने उपसभामुखको निर्वाचनमा पनि सभामुखको सन्दर्भमा जसरी नै सत्ता साझेदार दल सबै एकै ठाउँमा उभिने दाबी गरे।





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १७:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया