रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने तयारी

सत्ता साझेदार दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरेका छन् । 

सभामुखमा एमालेका देवराज घिमिरे बुधबार चयन भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

गाैतम कानुनकाे विषयमा जानकार भएकाले रास्वपामा उनैलाई उपसभामुख बनाउनुपर्ने मत बलियो छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर उपसभामुखकाे उम्मेदवारकाे नाम सार्वजनिक गर्ने तयारी गरेको छ । 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १८:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया