कार्तिकले लिए शाहिदको अपार्टमेन्ट भाडामा, महिनाको भाडा १२ लाख

बलिउड अभिनेता कार्तिक आर्यनले आफ्नो लागि बल्लतल्ल घर भेटेका छन् । लामो समयदेखि उनले एउटा त्यस्तो अपार्ट खोजेका बताउँदै आएका थिए जहाँ आफ्नो मन शान्त होस् ।

यसबीचमा उनले अर्का अभिनेता शाहिद कपुरको अपार्टमेन्ट भाडामा लिएको समाचार आएको छ ।

जुहुमा रहेको शाहिदको अपार्टमेन्ट उनले भाडामा लिएका हुन् । यो अपार्टमेन्टका लागि उनले महिनाको १२ लाख रुपैयाँ भाडा बुझाउने छन् । उनले ३ वर्षका लागि यो अपार्टमेन्ट लिएका हुन् ।

यसका लागि उनले ४५ लाख रुपैयाँ सेक्युरिटी डिपोजिट पनि राखेको भारतीय मिडियाले जनाएका छन् । प्रत्येक वर्ष ७.५ प्रतिशत भाडा बढ्ने गरि शाहिदले कार्तिकलाई फ्ल्याट भाडामा दिएका हुन् ।





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ५:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया