बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा, लेवान्डोस्कीकाे दुई गाेल

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा तेस्रो श्रेणीको एडी सेउटालाई ५–० ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई, राफिन्हा, अन्सु फाती र फ्रान्क केस्सीले एक/एक गोल गरे । खेलमा बार्सिलोनाले ४१ औं मिनेटमा राफिन्हाको गोलबाट सुरुआती अग्रता लिएको थियो । 

५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोना २–० ले अगाडि बढ्यो । अन्सु फातीले ७० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । 

खेलको ७७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनाले ४–० को अग्रता बनायो । खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ८:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया