प्रतिनिधि सभाको उपसभामुख उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक धुम्बाराहीस्थित देउवा निवासमा बिहान १० बजे बोलाइएको हो । प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा पूर्वपदाधिकारी पनि उपस्थित हुने छन् ।
विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाटै वा नेकपा एस, लोसपाबाट अघि सार्ने निर्णय भइसकेको छैन । यही विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बोलाइएको बताइएको छ ।
आज उपसभामुखको मनोनयन छ । संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय रहेको हो ।
निर्वाचन भने भोलि हुने तालिका छ । सभामुखको निर्वाचन भने भइसकेको छ । बिहीबार भएको सभामुखको निर्वाचनमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई हराउँदै एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।