राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले झापाकी मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी समानुपातिक सांसद हुन् । इन्दिराको प्रस्तावकमा सोविता गौतम रहेकी छन् । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपालाई दिने सहमति भएको थियो । सत्ता गठबन्धनकै तर्फबाट झापाकै नेकपा एमालेका देवराज घिमिरे सभामुखमा विजयी भइसकेका छन् ।
उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।