सभामुखमा निर्वाचितपछि घिमिरेले दिए एमालेबाट राजीनामा

नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् । 

सभामुखमा निर्वाचित भएपछि उनले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

सभामुखको भूमिका स्वतन्त्र, निष्पक्षरूपमा निर्वाह गर्नको लागि पार्टीबाट राजीनामा दिएको घिमिरेले उल्लेख गरेका छन् । उनले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पदभार ग्रहण गर्नेछन् ।

घिमिरे बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ११:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया