नवनिर्वाचित सभामुख घिमिरेले लिए शपथ

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनले आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका हुन् । 

घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् । सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका थिए । 

उनी १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् । 

प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।   





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ११:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया