सुनको मूल्य प्रतितोला १ लाख ५ हजार नाघ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो । 

योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ । बिहीबार सुनको भाउ तोलामा १ लाख ४ हजार ५ सय रुपैयाँ थियो । 

यसअघि पोहोर २५ फागुनमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो । सुन आज तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यतिबेला सुनको भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । शुक्रबार चाँदीको भाउ पनि बढेको छ । आज तोलामा २० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १२:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया