‘समाज उत्थानका लागि अभियान चलाउनु आजको आवश्यकता’

मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डलले समाज उत्थानका लागि सबै वर्गले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्नेमा जोड दिएका छन् । नेपाल पिछडावर्ग महासंघको विशेष महाधिवेशनमा शुक्रबार प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभामुख मण्डलले समाजलाई उन्नतिको बाटोमा लग्न सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताएका हुन् ।
 
उनले कतिपय वर्गले आफ्नो जीवनचर्यालाई अर्थोपार्जनसँग जोड्न नसकेकाले पछाडी पर्दै गईरहेको बताए । ‘नेपाल आफैँमा आर्थिक रुपमा पिछडिएको मुलुक हो त्यसमाथी केही वर्ग झन पछि पारिएका छन्, उनले भने, ‘त्यस्ता वर्गलाई समाजको मूल प्रवाहमा ल्याउनका लागि अभियान चलाउनु आजको आवश्यकता छ ।’

सभामुख मण्डलले सबै वर्गलाई समेट्ने गरी समाज उत्थानको दिशामा नेपाल पिछडावर्ग महासंघ जस्ता संस्थाहरुले काम गर्न सके सामाजिक उन्नति हुनुका साथै देश पनि आर्थिक रुपमा सबल हुने बताए ।  

नेपाल पिछडावर्ग महासंघ (ओबिसी)का अध्यक्ष गजेन्द्र ठाकुरलाई निलम्बन गरेर बोलाइएको विशेष महाधिवेश महेन्द्र प्रसाद साहको अध्यक्षतामा जनकपुरधाममा सुरु भएको छ । शनिबारसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ । 

अध्यक्ष ठाकुरले महासंघको निर्णय विपरीत गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई निलम्बन गरी बाध्य भएर विशेष अधिवेशन बोलाउनु परेको महासंघका केन्द्रिय अध्यक्ष साहले बताए । 

कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको यो संस्थाको गरिमालाई ठेस पुग्ने गरी उनले काम गरेको साहको आरोप थियो । यो विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले संस्थाको गरिमालाई बचाएर काम गर्ने महासचिव बबिता पूर्वेले विश्वास व्यक्त गरिन् । उनले अबको नेतृत्व पिछडावर्गको हकहितमा केन्द्रित भएर काम गर्ने बताइन् । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १९:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया