गृहमन्त्री लामिछानेले भने - हिजो बोलेका शब्द-शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन्
फाइल फाेटाे

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै ‘फरार’ समातिने बताएका छन् । उनले आफूले बोलेका शब्द-शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको उल्लेख गर्दै सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन् । 

उनले त्यसकालागि थोरै पर्खिनु पर्ने समेत लेखेका छन् । ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु । धुलो धेरै छ, पुरानो छ... थोरै पर्खिनु चाहिँ पर्छ !!’

यसअघि शुक्रबार मात्रै गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । 
 





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार ८:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया