संसदमा सभामुखको मात्रै रुलिङ मान्य हुन्छ, सिके राउतले संसदीय मर्यादाविपरीत काम गरे : लिङ्देन

उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय मर्यादा विपरीत काम गरेको आरोप लगाएका छन् । राउतले संसद्‍मा आफैँले सहिदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका लिङ्देनले आरोप लगाएका हुन् ।  

जनमतका अध्यक्ष राउतले मधेसका सहिदप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा मौन धारण गर्न लगाएका थिए।

राउतको काम संसदीय मर्यादा र नियमविपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको उनले बताए । सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको उनको भनाइ छ । 

आफूहरूले सो क्रममा सहिदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले सबैलाई आह्वान गरे।





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १५:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया