अभिनेता राजेश हमालले महानायकको सम्मान पाएका छन् ।
उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सम्मान प्रदान गरेका हुन् । भक्तपुरमा शनिबार आयोजित एपिक म्युजिक अवार्डको कार्यक्रममा हमालले यो सम्मान लिएका हुन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजेश हमालको प्रशंसासमेत गरेका थिए ।
राजेश हमाललाई महानायकको सम्मान दिइएको यो पहिलो पटक होइन । तर, नेपाली सिने क्षेत्रमा बारम्बार यो विषयमा चर्चा हुँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।