अमेरिकी राष्ट्रपति जो बाइडेनको डलावेयरस्थित घरबाट ६ वटा गोप्य दस्ताबेज फेला परेका छन् । न्याय मन्त्रालयको जाँचकर्ताको टोलीले उनको घरबाट गोप्य दस्तावेज फेला पारेको हो ।
करिब १३ घण्टाको प्रयासपछि उनको घरबाट गोप्य दस्तावेज फेला परेको अधिकारीहरूले जनाएका छन् । यसको जानकारी बाइडेनका वकिललाई दिएको छ । छापा मार्दा राष्ट्रपति बाइडेन र उनकी पत्नी घरमा थिएनन् ।
यस्ता गोप्य दस्तावेज गत शुक्रबार विलमिंग्टन घरबाट पनि मिलेको थियो । वकिल बब बाबरले ‘बाइडेनका नोट्स तथा आसपासका मटेरियल पनि जफत गरेको जनाएका छन् ।
राष्ट्रपतिका सल्लाहकारले भने उनको घरमा मिलेका सबै दस्तावेज न्याय मन्त्रालयलाई दिएको बताएका छन् । मन्त्रालयले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरबाट पनि सयौं यस्ता दस्ताबेज बरामद गरेर छानबिन गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।