प्रधानमन्त्रीको राजीनामा माग गर्दै स्पेनमा बृहत् प्रदर्शन
फरकधार / ८ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध बृहत् प्रदर्शन भएको छ । 



चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौँ मानिस भेला भएका थिए। चुनाव हुन लागेको वर्षमा सरकारविरोधी प्रदर्शन चर्किएको हो ।



प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए। कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए । 



र्यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ । आयोजकहरूले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन्। 



देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी (पिपी)लगायत कन्जरभेटिभ पार्टी समर्थकहरु प्रदर्शनमा भेला भएका थिए ।





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १५:४७:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया