स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले गेटाफेविरुद्ध १–० को रोमाञ्चक जित निकालेको हो ।
बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे । उनले खेलको ३५ औं मिनेटमा राफिन्हाको पासमा गोल गरेका थिए । जारी सिजनमा पेड्रीको यो पाँचौं गोल हो ।
यो जितसँगै बार्सिलोनाले १७ खेलमा ४४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ । पराजित गेटाफे १७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।