\
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
१४ माघदेखि रास्वपाले प्रादेशिक भेला सुरु गर्नेछ । पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार १४ माघमा प्रदेश १ को विराटनगरमा भेला हुनेछ ।
त्यस्तै, १६ माघमा मधेश प्रदेशको जनकपुर, १८ माघमा बागमतीको मकवानपुर, २१ माघमा गण्डकीको पोखरा र २४ माघमा लुम्बिनीको दाङमा भेलाको आयोजना गरिने ढकालले जनाएका छन् ।
त्यस्तै, रास्वपाले २६ माघमा सुदूरपश्चिमको धनगढी र २८ माघमा कर्णालीको सुर्खेतमा भेला हुनेछ । माघ मसान्तभित्र प्रदेश समितिका विस्तारित भेला हुने रास्वपाले जनाएको छ । त्यसबाट प्रदेश समिति पुनर्गठन गर्ने रास्वपाको तयारी छ ।
त्यस्तै, चैतसम्म जिल्ला निर्वाचन समिति गठन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । रास्वपाले जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।