नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँ बढेको हो । 





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार ११:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया