सुपर मादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

सुपर मादी हाइड्रोपावर लिमिटेडले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गरेको थियो । कम्पनीले अहिले सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो ।  

कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको ५ प्रतिशतले हुने १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिसकेको छ ।  





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार ११:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया