नेप्सेमा दोहोरो अंककाे गिरावट
फरकधार / ९ माघ, २०७९

सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा ओर्लिएको छ।



बैंक र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ। यसमा पनि जलविद्युत्, बिमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख  कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८६ करोडको कारोबार भएको छ। आज सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 



आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको सेयर झन्डै आठ प्रतिशत र लिबर्टी इनर्जीको सयर सात प्रतिशतभन्दा बढीले घटेको छ। 



समग्रमा बजार घटे पनि आदर्श लघुवित्त, सानिमा जिआइसी इन्सुरेन्स, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। 

  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार १६:२१:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया