लमजुङमा कोदो खेती गर्ने किसानलाई नगरपालिकाको अनुदान

लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो ।

सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणामअनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए । 

नगरपालिकाले प्रतिकेजी कोदोमा ११ रुपैयाँ नगद अनुदान दिएको नगरप्रमुख गुरुङले बताए । नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको जनाएको छ ।

चालू आर्थिक वर्षबाट कार्यन्वयनमा ल्याएको अनुदान कार्यक्रमअन्तरगत हालसम्म तीन लाख २८ हजार अनुदान वितरण गरिसकेको छ । कोदोमा अनुदानको लागि नगरपालिकाले चालू आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ ।

यस वर्ष राइनास नगरपालिकामा मात्रै करिब ७० हजार केजी कोदो उत्पादन भएको नगपालिकाको प्रारम्भिक तथ्यांक छ ।





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २१:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया