मेसीसँग सेल्फी
फरकधार / ९ माघ, २०७९

विश्वकप फुटबल २०२२ को ट्रफी उचालेपछि विश्वकै अहिलेका सर्वकालिक महान फुटबलरका रुपमा चिनिइने अर्जेन्टिनी स्टार लियोनल मेसीसँग भेट्नु र सेल्फी खिच्नु कसलाई पो मन नहोला र ? 



यस्तै खुसीको अवसर पाएका छन्, काभ्रे दोलालघाटका ३८ वर्षका नवाङ लामाले पाएका छन् । बुधबार उनले कतारको राजधानी दोहामा रहेको द टर्च होटलमा मेसीसँग सेल्फी खिच्ने अवसर पाएका हुन् ।

बिहीबार पिएसजी र अल नासर क्लबबीचको खेलका लागि मेसी कतारको यो होटलमा बसेका थिए । नवाङले यही मौका पाएर सेल्फी खिचेका हुन् ।



उनले सेल्फी खिचेपछि फेसबुक र इन्स्टाग्राममा तस्वीर राखेका छन् ।



  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २१:३१:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया