फिल्म क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा विस्तार गर्नुपर्ने राष्ट्रपतिको भनाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले फिल्म क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा विस्तार गर्नुपर्ने बताएकी छन् । फिल्मले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । 

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कलाकारसँगको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रपति भण्डारीले फिल्म क्षेत्रले बालविवाह, बहुविवाह, छुवाछूत लगायतका प्रथालाई परिवर्तन गर्न योगदान दिनुपर्ने बताइन् । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, कृष्ण मल्ल, गोपाल कायस्था, करिस्मा मानन्धर, शिव श्रेष्ठ, उत्तम केसी, डा. भोला रिजाल, दीपक श्रेष्ठलगायत नेपाली फिल्म र संगीत क्षेत्रका अग्रणी कलाकार सहभागी थिए । 





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २१:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया