प्रतिनिधि सभा बैठक आज सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा तीनवटा कार्यसूची तय गरिएको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।
माओवादी केन्द्रका सांसद देवन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सदस्यहरूको नामवलीसहित प्रस्ताव प्रस्तुत गर्दैछन् । उनको प्रस्तावलाई सांसदद्वय ऋषिकेश पोखरेल र रामकृष्ण यादवले समर्थन गर्नेछन् ।
यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।