फिक्सिङ प्रकरणमा तानिए अर्का एक क्रिकेटर
फरकधार / १० माघ, २०७९

‘स्पट फिक्सिङ’ प्रकरणमा अर्का एक क्रिकेटर पनि तानिएका छन् । नेपालको राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रहेका अर्जुन साउद यो प्रकरणमा तानिएका हुन् ।



नेपाल टी २० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि अन्य दुई क्रिकेटरलाई पक्राउ गरिसकेको छ ।

१९ वर्षका साउद पछिल्लो समय राष्ट्रिय टोलीमा ओपनर रहेका थिए । उनीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरु गरिसकेको छ । क्यानका एक अधिकारीले उनीमाथि पनि यो आरोप लागेको र सिआइबीले छानबिन गरिरहेको फरकधारलाई बताएका छन् । 



प्रतियोगिता जारी रहेकै समयमा क्रिकेटर ज्ञानेन्द्र मल्लले फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेपछि प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको थियो ।



अहिलेसम्म प्रहरीले यसमा संलग्न भएको भन्दै १० जनाको नाम सार्वजनिक गरिसकेको छ ।

  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १४:३६:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया