बाजुराको विच्छयाँ केन्द्रविन्द्र भएर गएको भूकम्पका कारण दुई घर पूर्णरुपमा भत्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार त्यहाँ मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सुदूरपश्चिमका सबै जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।
बाजुरामा केही घर भत्किएका बाजुरा प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार अहिले सम्म २ घर भत्किएको खबर आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।