बागमती प्रदेशका तीन मन्त्रालय घट्ने, ११ कायम गर्न सुझाब

बागमती प्रदेश सरकारले मन्त्रालयकाे संख्या घटाएर ११ मा झारेकाे छ । यसअघि बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुर्याइएकाे थियाे । 

पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको भागबन्डा मिलाउन 
मन्त्रालयकाे संख्या बढाएका थिए । वर्तमान मुख्यमन्त्री शालिकराम जमकटेलले पद बहाली गरेसँगै मन्त्रालय घटाउन समिति गठन गरेका थिए । 

प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनेको समितिले आज प्रतिवेदन पेस गर्दै ११ वटा मात्रै मन्त्रालय राख्न उपयुक्त हुने रायसहितको प्रतिवेदन पेस गरेको हो ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार १६:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया