गण्डकीमा थप तीन मन्त्रीले लिए शपथ
फरकधार / १० माघ, २०७९

गण्डकी प्रदेशमा मन्त्रीहरूको भागबण्डा टुंगिएको छ । सात सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन् ।



मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् । सुन्दास सरकारका प्रवक्ता समेत हुन् । एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोतमन्त्री बनेका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन् । उनीहरूलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।



  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार २०:३६:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया