मनराशिसवा नगरपालिकामा मदिरा सेवन र बिक्रीवितरणमा रोक

महोत्तरीको मनराशिसवा नगरपालिकामा मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । 

पालिकाका सर्वसाधारण जनताको सदाचार, सामाजिक सदभाव, स्वास्थ्य, सुविधा, आर्थिक हित तथा अपराधिक घटनाहरु नियन्त्रण गर्नका लागि मदिरा विक्रीवितरण तथा सेवनमा निषेध गर्ने निर्णय गरेको हो । 

गत पुस ३० गते सम्पन्न भएको दशौं नगरसभाबाट पारित मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७२ को दफा ५ को ६ बमोजिम पालिकाका वडा नं. २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रहरुमा मदिराको उत्पादन तथा बिक्री वितरणमा पूर्णरुपमा बन्देज गरिएको प्रमुख प्रशासकीय अधिकृत माघवेन्द्र चौधरीले जानकारी दिए । 

उनले वडा नं १, ४, ६ र ७ मा दफा ५ बमोजिम सार्वजनिक कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मठमन्दिरको चारैतर्फ ३०० मिटर दुरीभित्रको क्षेत्रमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वित्तरण गर्न नपाईने बताएका छन् । 

वडा क्षेत्रहरुमा मदिरा पसल, बिक्रीवितरण वा उत्पादन गरिरहेका सम्पूर्ण व्यवसायीले १५ दिनभित्र मापदण्ड पालना नगरे मदिरा नियन्त्रण तथा व्यवस्थापन ऐन, २०७९ को दफा ११, १२ र १३ बमोजिमको कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।





  • प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार २०:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया