न्युजिल्याण्डविरुद्ध १० वर्षपछि भारतको क्लिन स्विप

न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न तेस्रो खेलमा ९० रनको जित निकालेसँगै भारतले तीन खेलको सिरिज ३–० ले क्लिन स्विप गरेको हो । 

न्युजिल्याण्ड भारतले १३ वर्षपछि सिरिज क्लिन स्विप गरेको हो । यसअघि उसले सन् २०१० मा न्यूजिल्याण्डसँगको पाँच खेलको सिरिज क्लिन स्विप गरेको थियो । भारतले वानडेमा न्युजिल्याण्डविरुद्धको सिरिज क्लिन स्विप गरेको तेस्रोपटक हो । उसले पहिलोपटक सन् १९८८ मा न्युजिल्याण्डविरुद्धको चार खेलको वानडे श्रृंखला क्लिन स्विप गरेको थियो । 

न्युजिल्याण्डले एकदिवसीय सिरिजमा खराब प्रदर्शन गर्‍यो । तेस्रो खेलमा भारतले दिएको ३ सय ८६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४१.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर डेभन कन्वेले आक्रामक शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । 

१ सय बलको सामना गरेका उनले १२ चौका र आठ छक्कासहित १ सय ३८ रनको पारी खेले । एकदिवसीयमा कन्वेको यो करियरकै उच्च स्कोर हो ।  त्यस्तै, हेनरी निकोल्सले ४२, माइकल ब्रेसवेलले २६, डारियल मिचेलले २४ र मिचेल सान्टनरले ३४ न जोडे । भारतका लागि कुलदीप यादव, शार्दुल ठाकुरले तीन/तीन, युजवेन्द्र चहलले दुई, उमरान मलिक र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए ।

त्यसअघि इन्दौरस्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनायो । उसका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले शानदार शतक बनाए । ८५ बलको सामना गरेका रोहितले ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रन बनाए । 

हार्दिक पाण्ड्याले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५४ रन जोडे । विराट कोहली ३६, शार्दुल ठाकुर २५, इशान किशन १७ र सूर्यकुमार यादव १४ रनमा आउट भए । न्युजिल्याण्डका लागि याकूब डफी, ब्लेयर टिकनरले तीन/तीन र माइकल ब्रेसवेलले एक विकेट लिए ।



एकदिवसीयपछि अब भारत र न्युजिल्याण्डले तीन खेलकै टी–२० सिरिज खेल्ने छन् । टी–२० सिरिज शुक्रबारबाट सुरु हुनेछ । 



  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार ७:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया