गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आजबाट पूर्ण सुनुवाइ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट पूर्ण सुनुवाइ सुरु हुँदैछ । २२ पुसमा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर ११ माघमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो ।

गृहमन्त्री लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाइसकेको छ । ६ असार २०७५ मा उनले अध्यागमन विभागमा पेस गरेको कागजात र १३ मंसिरमा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ ।   

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर लामिछानेले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् । पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रविराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादकै बीच गृहमन्त्रीमा नियुक्त भएका थिए । उनले अमेरिकाको नागरिकता त्यागेको कुरा ६ असार २०७५ मा अध्यागमन विभागलाई जानकारी गराएका थिए ।  





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार ७:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया