मधेस प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय माला कर्ण र मो. रजि हैदरले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रका सांसदद्वय कर्ण र हैदरलाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सांसद कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिएका छन् । सर्वोच्च अदालतमा दुवैजनाविरुद्ध मुद्दा परेपछि उनीहरूको शपथ रोकिएको थियो । सर्वोच्चको आदेश आएपछि बुधबार दुवै सांसदले शपथ लिएका हुन् । योसँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रको सांसदको संख्या नौ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।