सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।  





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार ११:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया