नेप्सेमा दोहोरो अंकको वृद्धि

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको हो । 

यस्तै दाहोरो अंकले नेप्से बढेको यस दिन कारोबार समेत ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको भएको छ ।

आज नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी १० करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख ६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

आज बैंकिङ फाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइभ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् । 

ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने आज आरबिबी म्युचुअल फण्डको मूल्यमा ५।७० प्रतिशतको गिरावट आएको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १५:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया