कर्णाली सरकारले पायो पूर्णता, तोकियो मन्त्रालयको जिम्मेवारी
फाइल फाेटाे

मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिरिषद्‌मा कार्यविभाजन गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शर्माले बुधबार मन्त्रिपरिषद विस्तार  गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका हुन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।

यसअघि २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए । आज उनीहरूको पनि जिम्मेवारी तोकिएको हो । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १७:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया