प्रेम आचार्यले उठाएका विषय छानबिन गर्न मन्त्रिपरिषदले दियो गृहलाई जिम्मा

सरकारले आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो जिम्मेवारी गृह मन्त्रालयलाई दिएको छ । 

आचार्यले मंगलबार संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा घाइते भएका उनको बुधबार उपचारको क्रममा मृत्यु भएको थियो । आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

आचार्यले आत्मदाह प्रयास गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर विभिन्न विषय उठाएका थिए । ती सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाब तयार पार्न गृहलाई जिम्मेवारी दिइएको हो । 

मन्त्रिपरिषद्ले आचार्यको आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन र आचार्यको परिवारलाई राहतलगायत विषयमा निर्णय गर्ने पनि जिम्मेवारी गृह मन्त्रालयलाई दिएको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १८:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया