प्रेम आचार्यको आत्मदाह राज्य संयन्त्र र समग्र सिष्टमको असफलता : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले प्रेम आचार्यको आत्मदाह राज्य संयन्त्र र समग्र सिष्टमको असफलता भएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन्। 

मंगलबार बानेश्वरको संसद भवनअगागि इलामका गरेका प्रेम आचार्यले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । उपचारका क्रममा बुधबार उनको निधन भएको छ । 

थापाले फेसबुकमा लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन् पटकपटक घोचिरहेको छ ।’ 

यो कुनै व्यक्तिको असफलता मात्रै नभएर हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता भएको थापाको ठम्याइ छ । ‘म, हामी सिस्टम चलाउनेको असफलता हो। कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठीक हुँदै,’ उनले लेखेका छन्, ‘गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ।’

अब आरोप प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने उनले अठोट गरेका छन् । 





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १९:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया