बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा रियल सोसिडाडलाई १–० ले हराउँदै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको को हो ।
बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो ।
पराजित भएको ओसासुनाले पनि सेमिफाइनलमा पुगेको छ । ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर अन्तिम चारमा पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।