अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजना सञ्चालन गरिने बताइएको छ ।
अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । अफ्रिकी देशहरूमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उनले जानकारी दिए ।
डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन् । अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरूमा पर्दछ । तर, यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उनले सबै देशलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गरेका थिए ।
डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।