सोमालियामा एक सातामा अल सबाबका ३ सय लडाकू मारिए

सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा ३ सयजना लडाकू मारिएका छन् । सोमालियाका सैन्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् । 

मारिनेमा दुईजना अल सबाब सशस्त्र समूहका दुईजना कमान्डर पनि रहेका छन् । देशव्यापीरूपमा गरिएको कारबाहीमा उनीहरू मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् ।

बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन् ।

उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका ३ सय २३ जना लडाकूहरूको ज्यान गएको र अरू कैयौँ घाइते भएका जानकारी दिए । 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार १३:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया