जनमतले मधेसमा पनि पाएन रोजेको मन्त्रालय

जनमत पार्टीले मधेश प्रदेशमा पनि रोजेको मन्त्रालय नपाएपछि विरोध जनाएको छ । 

जनमतलाई सामाजिक विकास मन्त्रालय दिने सहमति गरेका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका वसन्त कुशवाहलाई बिहीबार अचानक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेपछि उनले जिम्मेवारी अस्वीकार गरेका छन् ।

मंगलबार मन्त्रिपरिषदको बैठकले विनाविभागीय तीन मन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका वसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो ।

तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमतका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भए पनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभार सम्हालेका छन् ।





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार २१:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया