मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको चेतावनी

केन्द्रमा झैँ मधेस प्रदेशमा पनि रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टीले प्रदेश सरकारलाई  दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । 

प्रदेश सरकारमा जनमत पार्टीको मन्त्रालय परिवर्तन भएपछि जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्न सक्ने चेतावनी दिएका हुन् ।

यसअघि केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भए पनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभार सम्हालेका छन् ।

यसअघि १० गते मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई सामाजिक विकास मन्त्रालय दिने सहमति गरेका थिए । बिहीबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख कार्यालयले जनमतलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएको छ ।

संसदीय दलका नेता यादवले शुक्रबार बिहान दलको बैठक बसेर सरकारलाई दिएको समर्थन यथावत् राख्ने वा फिर्ता लिने भन्नेबारे निर्णय गर्ने बताएका छन् । 

शुक्रबार बिहान ८ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष डा. सिके राउत पनि सहभागी हुने जनाइएको छ । 





  • प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार २१:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया