logo-img

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्र ठाकुर नियुक्त हुँदै

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त हुन लागेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० बमोजिम ठाकुरलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने भएका हुन् ।

ठाकुरले आइतबार बिहान पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जानकारी दिए । ठाकुर सिरहा निवासी हुन् ।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ । 





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया