गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायूमै भएको निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन् । दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो ।

विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका पौडेलको रक्तअल्पताको कारण निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ ।  





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १४:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया