टोकियो– वासिंगनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले उल्लेख गरेको छ ।
गत जुनमा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलनपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भव भएको वासिंगटनले भनेको एक जापानी सरकारी स्रोतलाई उद्धृत गर्दै जापानी पत्रिका आसाही सिम्बुनले लेखेको छ ।
उता, एएफपिले भने एएफपीले यसबारे प्रतिक्रियाका लागि गरेको अनुरोधमा जापानी अधिकारीले प्रतिक्रिया नदिएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो ।
आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपि आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बर्ताएका थिए । पत्रमा जापानी नेताले प्योङयाङसँग चलेको तनावलाई शान्त बनाउन खेलेको योगदानको प्रशंसा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भेला भएका सञ्चारकर्मीसँग जापानी नेताले पत्रमा ‘मैले तपाईंलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु’ भनेको र आफूले उनलाई धन्यवाद दिएको बताएका थिए ।
‘धेरै अन्य मानिसहरूले पनि यस प्रकारको महसुस गर्छन् । मैले सम्भवतः कहिल्यै पाउनेछैन । ठीकै छ,’ ट्रम्पले भनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।