चितवन २ मा अब हुनेछ उपनिर्वाचन

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध भएको भन्दै उनका पदहरु खारेज गरिदिए पछि चितवन क्षेत्र नम्बर २ मा फेरि उपनिर्वाचन हुने भएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार रविको सांसद पद बदर भएको थियो । 

योसँगै अब चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पुनः निर्वाचन हुने भएको हो । ४ मंसिरमा भएको निर्वाचनमा रवि लामिछानेले त्यहाँबाट नै निर्वाचन जितेका थिए । 

शुक्रबार सर्वोच्चको फैसला आएसँगै रवि लामिछानेको गृहमन्त्री, उपप्रधानमन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद सबै खारेज भएको छ ।

चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिनेलगायतका काम कारबाही उत्प्रेषणको आदेशले बदर हुने अदालतको ठहर छ ।





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार १८:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया