सिके राउतले लेखे– रवि मेरो पनि आशाको केन्द्र, कमब्याक हिरो

जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले रवि लामिछाने आफ्ना लागि पनि अहिलेको सांसद तथा सरकारमा आशाको केन्द्र भएको बताएका छन् । 

शुक्रबार सर्वोच्च अदालतको फैसलापछि सांसद, मन्त्री तथा पार्टी सभापतिको हैसियत गुमाएका रवि लामिछानेबारे ट्विटरमा उनले रविले बैठक तथा संसदमा नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गरेको उल्लेख गरेका छन् ।

प्रक्रियागत त्रुटि तथा अपराध नै किन नहोस् र कतिपय राजनीतिक अजेन्डा विपरित नै भए पनि अहिलेको संसदमा रवि आफ्नो आशा रहेको सिके राउतले उल्लेख गरेका हुन् । 

उनले ट्विटरमा ह्यासट्याग प्रयोग गरेका छन्– कमब्याक हिरो ।





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार २१:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया