राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक अहिले जारी छ ।
अध्यक्ष रहेका रवि लामिछानेको नागरिकता अवैध रहेको सर्वोच्च अदालतको ठहरपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यो बैठक बोलाएको हो ।
बैठक अहिले जारी छ ।
रवि लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः लिनका लागि प्रक्रिया नै नथालेकाले उनको नागरिकता अवैध भन्दै उनको सांसद पद बदर भएको हो ।
अब उनी सबै पदबाट मुक्त भएका छन् ।
यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।