डोलप्रसाद बने रास्वपाका कार्यवाहक सभापति
फाइल तस्वीर ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको आकस्मिक बैठकले अर्याललाई यो जिम्मेवारी दिएको हो ।

श्रममन्त्रीसमेत रहेका अर्याल अहिले पार्टीका उपसभापति समेत हुन् । उनी रास्वपाबाट समानुपातिक सांसदसमेत हुन् ।

उनलाई नै रास्वपाले संसदीय दलको नेता पनि चयन गर्ने तयारी गरेको छ ।

आज बसेको आकस्मिक बैठकमा रवि लामिछाने प्रक्रिया पूरा गरेर फेरि राजनीतिमा फर्किने विषयमा पनि छलफल भएको पार्टीका प्रवक्ता डा. मुकुन्द ढकालले बताएका छन् ।





  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार २२:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया